मोर्चालाई प्रभावकारी बनाउन मधेश केन्द्रित दलले बनाए कार्यदल

डिसी नेपाल
१७ माघ २०८१ १८:२१

काठमाडौं। मधेश केन्द्रित राजनीतिक दलहरुले सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन्।

सिंहदरबारमा बिहीबार बसेको मधेश केन्द्रित ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन् भने राजेन्द्र महत्तोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टीबाट एक सदस्य रहने सुमनले जानकारी दिए।

कार्यदलले आगामी दिनमा दस्तावेज लेख्ने, आगामी बैठकको संयोजन गर्ने उनले बताए। बैठकमा अध्यादेशका बारेमा छलफल चलेको र भूमीसम्बन्धी अध्यादेशप्रति ध्यानाकर्षण भएको सुमनले जानकारी दिए।

सुमनले भूमीसम्बन्धी अध्यादेशले मधेशी, जनजाती आदीवासी लगायतका नागरिकलाई उनकै भूमिबाट बञ्चित गरि आप्रवासनका नाममा फेरी अर्को संरचना प्रयास रहेकाले आफुहरुको बिचार नकारात्मक रहेको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *