गणपति लघुवित्तको १४.९७ प्रतिशत नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

डिसी नेपाल
१८ माघ २०८१ ८:४२

काठमाडौं। गणपति लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यस लघुवित्तको खुद नाफा १४.९७ प्रतिशतले बढेर १ करोड २३ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी ४२.९४ प्रतिशतले बढेर ७ करोड ५० लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड २५ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, सञ्चालन नाफा १४।९७ प्रतिशतले बढेर १ करोड ७६ लाख ४३ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ १२ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ०८ पैसा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *