रवि र सभामुखबीच सवालजवाफ, साथमा थिए स्वर्णिम र सन्तोष

डिसी नेपाल
१८ माघ २०८१ १२:५१

काठमाडौं । रास्वपा सभापति एवं निलम्बित सांसद रवि लामिछानेले आजको बैठकबाटै निलम्बन फुकुवाको लागि सभामुखलाई निवेदन दिएका छन्।

निवेदन दिँदै उनले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको कारबाही कानुन सम्मत नभएको दाबी गरेका छन्। आजको बैठकबाट निलम्बन फुकुवा गरिदिन लामिछानेको माग छ।

यसक्रमा उनीहरूबीच सवालजवाफ भएको थियो।

यस्तो छ सवालजवाफ

रवि- सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको कारबाही कानुन सम्मत छैन। आजकै बैठकबाट निलम्बन फुकुवा गरियोस्।

सभामुख- मैले विद्यमान कानुन, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ। कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन। हिजो यस पदमा अरु कोही थियो। आज म छु। भोलि अरु कोही हुन सक्छ। तर, पदमा रहँदा कानुनको परिपालना गर्नु मेरो दायित्व हो। तपाईंहरूले निवेदन दिनुभएको छ। यो छलफल र परामर्शको विषय हो। आजलाई समय भएन। हामी संसद सुरु हुने अन्तिम समयमा छौं। तपाईंविरुद्ध मुद्दा चलेको होइन र?

रवि- कानुन व्यवसायीले यो विषयमा स्पष्ट पार्नु हुन्छ।

रभामुख घिमिरेले रविको स्वास्थ्यवस्थाबारे समेत चासो लिएका थिए। उनले तपाईंको स्वास्थ्यवस्था कस्तो छ भनेर रविसँग जिज्ञासा राखेका थिए।

रवि पार्टी उपसभापति स्वर्णिम वाग्लेसँगै र प्रमुख सचेतक सन्तोष परियारका साथ सभामुखलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *