प्रतिनिधि सभामा रास्वपा सांसदको उठेर अवरोध

डिसी नेपाल
१८ माघ २०८१ १३:२०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अधिवेशन शुरु हुनासाथ उठेर विरोध जनाएको छ।

बैठक सुरु हुनासाथ रास्वपाका सांसदले उठेर विरोध जनाइरहेका हुन्।

आजबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरू भएको छ। आज एकै समयमा संघीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) सुरू भएका हुन्।

प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउँदैछन्।

लगत्तै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्ने कार्यकालिका छ। बैठकमा दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूचि रहेको छ।

बैठकमा विभिन्न ६ वटा अध्यादेश पेश हुँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’,’निजीकरण (पहिलो संशोधन) अध्यादेश,२०८१’र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने कार्यसूची छ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१’र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन्। बैठकमा सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचिमा उल्लेख छ।

यसैगरी राष्ट्रियसभाको बैठकमा उल्लेखित कार्यसूचि बाहेक मिडिया काउन्सिल विधेयक,२०८० र नवीरकणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक,२०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूचि छ। सत्तापक्ष पछिल्लो समय सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्ने तयारीमा छ भने प्रतिपक्षी प्रक्रिया मिचेर बदनियतपूर्ण तरिकाले ल्याएको अध्यादेश रोक्नुपर्ने माग गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *