सदनमा विचराधिन विधेयक यही अधिवेशनबाट पारित हुनेछन् : देउवा (सम्बोधनको पूर्णपाठ)

डिसी नेपाल
१८ माघ २०८१ १४:४२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विचराधिन विधेयक यसै हिउँदे अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरेका छन्।

संघीय संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै नेपाली कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति कार्यान्वयन हुनेमा उनले विश्वा व्यक्त गरेका हुन्।

यसका साथै सभापति देउवाले सरकारले राम्रो काम गरिरहेको बताएका छन्। ‘सरकारका कामको मूल्यांककन गर्नका लागि ६ महिनाको समय चाहिन्छ। अहिलेसम्म हेर्दा यो सरकारले राम्रो काम गरेको छ,’ देउवाले संसद बैठकमा भने, ‘सरकारले ल्याएको अध्यादेशले लगानी मैत्री बातावरण बनेको छ। व्यवसायी उत्साहित छन्। भूमीहिनले जग्गा पाउँदैछन्।’

सरकारले राम्रो काम अझै गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ।

यस्तै देउवाले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन र परिमार्जन हुनुपर्ने बताएका छन्। उनले संविधान बनेको १० वर्ष पुगिसकेको भन्दै संविधानको सुरक्षा गर्ने, सबल र दुर्बल पक्षको पहिचान गरी आवश्यकताअनुसार संशोधन गर्नुपर्ने बताए।

संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थालाई कमजोर बनाउन नहुने उनले बताए। उनले संविधान संशोधन गर्दा अन्य राजनीतिक दलहरूसँग संवाद र सहमति गर्नुपर्ने बताए।

उनले लोकतान्त्रिक व्यवस्था संसारकै उत्कृष्ट रहेको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र भएकाले राजनीतिक प्रणालीले त्यसलाई सुदृढ बनाउँदै नागरिकप्रति जिम्मेवार बन्नुपर्ने बताए।

उनले मुलुक अब आर्थिक रुपमा सबल हुनुपर्ने बताए। उनले लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकताको रुपमा बुझ्न नहुने बताए।

देउवाले सरकारले सेवा प्रवाहमा सहजताका लागि सरकारले कानुन बनाउने, सुशासन कायम गर्ने बताए। उनले नागरिकको सरोकारको विषयमा पेश भएका विधेयकहरू पेश हुने र अध्यादेशहरू सदनबाट स्वीकृत हुनेमा विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *