नियमनको नाममा सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोज्नु अनुचित, कांग्रेसले साथ दिँदैनः महामन्त्री शर्मा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्न खोज्नु उचित नभएको बताएका छन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्न खोज्ने कामको कांग्रेसले संसदमा साथ नदिने र संस्थागत रुपमा यसको भारी नबोक्ने बताएका हुन्।
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयकलाई स्वीकार गर्न नसकिने उनले बताए। उनले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकमा सर्वपक्षीय छलफल गर्दै संशोधनका साथ अघि बढाउनुपर्नेमा जोड दिए।
त्यस्तै उनले संसद नचलेका बेलमा सरकारले अध्यादेश ल्याउन सक्ने भन्दै अध्यादेश ल्याउँदैमा विरोध गरिहाल्नु नपर्ने धारणा राखे।
प्रतिक्रिया
Facebook Comment