धरानमा पानीको समस्या समाधान तमोर नदीले गर्छ : पूर्वराष्ट्रपति भण्डारी

डिसी नेपाल
१९ माघ २०८१ १२:३०

धरान । धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनु पर्ने पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले सुझाएकी छन्।

धरानमा नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुने बताएकी हुन्।

पानी पिउनको लागि शुद्ध तमोरको टनेलको माध्यमबाट ल्याउन सके सुनसरी, मोरङ र झापा गरि तीन जिल्लालाई पिउनसँगै र सिँचाइ गर्न लागि समेत पुग्ने उनको भनाई थियो।

धरानदेखि करिब चार किलो मिटरको टनेलबाट पानी ल्याउन सकिने सम्भाव्यता अध्ययन भइसकेको र त्यसको लागि धरानका स्थानीय सरकारले पहल गर्नुपर्ने उनले बताइन्।

प्रदेश सरकारले धरान-मूलघाट सुरूङ मार्ग सम्भव्यता अध्ययनका लागि बजेटसमेत विनियोजन गरेको थियो।

धरानमा खानेपानीको कमी हुँदै आएको छ। पानीको बहस भइरहेका वेला पूर्वराष्ट्रपति भण्डारीले यस्तो उपाय दिएकी हुन्।

भण्डारी केही दिनदेखि पूर्वका विभिन्न कार्यक्रममा सहभागी जनाउदै आइरहेकी छन्।

कार्यक्रममा सहभागितासँगै एमाले पार्टी नेता तथा कार्यकर्ताहरूलाई भेट्दै हिँडिरहेकी छन्। साथै, उनले सक्रिय राजनीतिमा फर्कने संकेतसमेत गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *