महिला टी-२० आईमा नेपालको दोस्रो हार
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो।
नेपालले दिएको १०२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। थाइल्याण्डका लागि नानानपत कोनचारोकेले अर्धशतकीय पारी खेल्दै जितका लागि ठूलो योगदान दिएकी हुन्। उनले ५८ बलमा ६ चौका प्रहार गर्दै अविजित ६० रन बनाइन्।
नेपालका लागि मनीषा उपाध्यायले दुई विकेट लिइन्। यसअघि नेपालले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०१ रन जोडेको थियो।
नेपालका लागि कविता कुँवरले २५ रन बनाउँदा विन्दु रावलले पनि २५ रन नै जोडिन्। कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्।
थाइल्याण्डका लागि थिपाचा पुत्थावोङले तीन तथा फनिता माया र नत्तया बुछाथामले २–२ र चनिदा सुतेरुआङले एक विकेट लिइन्।
यसअघि पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो।
Facebook Comment