आफूहरूका मागमा सकारात्मक नभए सरकारविरुद्ध आन्दोलन गर्छौं : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलले उठाएका विषयमा सरकार सकारात्मक नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
शनिबार चितवनको भरतपुरमा संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ)को ७औं वार्षिकोत्सब उद्घाटन गर्दै प्रचण्डले विपक्षीहरू एकतावद्ध भएर राष्ट्र र जनताको पक्षमा आवाज उठाएको भन्दै सरकारले आफ्ना कुरालाई गम्भीर रुपमा नलिए सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
उनले मुलुकको सुशासन, सामाजिक न्याय, आर्थिक अराजकताविरुद्ध आफू नेतृत्वको सरकारले अभियान नै चलाएपछि सरकार छाड्नुपर्ने अवस्था पैदा भएको बताए।
त्यस्तै उनले देशको राजनीति सहज रुपमा अघि बढ्न नसकेका कारण धेरै समस्याहरू सिर्जना भएको बताए। उनले आफ्नै पहलका कारण शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने काम अन्तिम चरणमा पुगेको धारणा राखे।
प्रचण्डले एम्बुलेन्सको क्षेत्रमा सिन्डीकेट अन्त्य हुनुपर्ने लगाएत संयुक्त एम्बुलेन्स चालक संघले राखेका १३ बुँदे मागहरुप्रति आफू सकारात्मक रहेकाले सदनमा गम्भीर ढंगले उठान गर्ने प्रतिवद्धता जनाए।
Facebook Comment