अर्थतन्त्रका समस्या समाधान हुने क्रममा छन् : अर्थमन्त्री पौडेल

डिसी नेपाल
२० माघ २०८१ १३:२१

काठमाडाैं। उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले लामो समयदेखिका अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका छन्।

महिला आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको अर्थतन्त्र : नीति र व्यवहार बिषयक छलफलमा पौडेलले लामो समयदेखिएको समस्या तत्काल समाधान नहुने भन्दै वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका हुन्।

समस्या समधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको उनले बताए। मन्त्री पौडेलले पोलिसी रिफर्मका लागि नै सरकारले बिभिन्न अध्यादेश ल्याएको जिकिर गरे।

अध्यादेशका कारण अर्थतन्त्रको ८० प्रतिशत क्षेत्र ओगटेको नीजि क्षेत्रको आत्मबल बढाउने काम गरेको उनले दावी गरे। उहाले नीजि क्षेत्र उठाउदै आएका मागहरुलाई सम्बोधन गर्ने गरि ६ वटा अध्यादेशबाट बिभिन्न ऐन ल्याएको जिकिर गरे।

उनले अध्यादेशबाट आएका कानूनलाई कार्यान्वयन गर्न सरकार गम्भीर रहेको उल्लेख गरे। त्यस्तै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानीको सवै समस्या समाधान भइसकेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *