क्यानडा र मेक्सिको दुवैले अमेरिकामाथि २५ प्रतिशत कर लगाउने

डिसी नेपाल
२० माघ २०८१ १४:३१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दुवै छिमेकी क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि यी दुवै देशले अमेरिकामाथि पनि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतवार एक पत्रकार सम्मेलनमा भने ‘क्यानडाले पनि डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा आफ्नै शुल्क लगाउनेछ।’

ट्रुडोले भने – उनी अमेरिकीहरूसँग प्रत्यक्ष कुरा गर्न चाहन्छन्। उनले यो निर्णयले मूल्य र अमेरिकी अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने बताए ।

ट्रुडोले आफ्नो सरकारले १५५ अर्ब डलरको अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगाउने बताएका छन् ।

क्यानडाका कम्पनीहरूलाई समय दिन मङ्गलबारदेखि ३० अर्ब डलर मूल्यका उत्पादनमा यो महशुल लागू हुने र बाँकी १२५ अर्ब डलरका उत्पादनमा आगामी २१ दिनभित्र लागू हुने उनले बताए ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले पनि आफ्नो देशले अमेरिकामाथि थप कर लगाउने बताइन् । उनले भनिन्, ‘अमेरिकाविरुद्ध करवृद्धिसहित प्रतिशोधात्मक कारबाही गर्ने छौँ।’

राष्ट्रपति शेनबाउमले लेखेकी छिन्, “म प्लान बी कार्यान्वयन गर्न अर्थ सचिवलाई निर्देशन दिन्छु, जसमा हामी काम गरिरहेका छौं। यसमा मेक्सिकोको रक्षासँग सम्बन्धित ट्यारिफ र गैर-ट्यारिफ उपायहरू समावेश छन्।” यद्यपी ती के हुनेछन् भन्ने बारे कुनै जानकारी दिइएको छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *