अमेरिकाको कर लगाउने निर्णयविरुद्ध चीनले बदला लिने

डिसी नेपाल
२० माघ २०८१ १५:३९

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । यसबारे चीनको वाणिज्य मन्त्रालयले पनि प्रतिक्रिया दिएको छ, जसमा यो कदमको विरुद्धमा जवाफी कारबाही गर्ने भनिएको छ ।

चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “चीन यस कदमबाट पूर्ण रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ।” चीनले यसले विश्व व्यापार संगठनको नियमको ‘गम्भीर उल्लङ्घन’ भएको बताएको छ।

चीनले यस्तो कदम चीन र अमेरिकाबीचको सामान्य आर्थिक तथा व्यापारिक सहयोगका लागि हानिकारक रहेको बताएको छ ।

चीनले अब अमेरिकाको ‘गलत व्यवहार’ विरुद्ध विश्व व्यापार संगठनमा मुद्दा हाल्नेछ र ‘आफ्नो अधिकार र हितको रक्षा गर्न’ प्रतिकारात्मक कदम चाल्नेछ।

विज्ञप्तिमा भनिएको छ, “चीनले अमेरिकालाई आफ्नो गलत अभ्यास सच्याउन र समस्याको सामना गर्न चीनसँग मिलेर काम गर्न अपील गरेको छ।”

चीनले अमेरिकालाई “विभिन्नता हटाउन र पारस्परिक लाभ, सम्मान र समानताको आधारमा पारस्परिक सहयोग सुदृढ गर्न काम गर्न” भनेको छ।

यसअघि करको विषयमा चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङको वक्तव्य चीनको आधिकारिक समाचार संस्था सिन्ह्वामा प्रकाशित भएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *