नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
सर्लाही । प्रहरीले नक्कली भारतीय नोटसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत सीतामढी पुरान्दा राजवाडा-९ बस्ने २७ वर्षीय मुकेशकुमार सोनी छन्। उनलाई शनिबार साँझ ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको साथबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोट बरामद भएको छ।
सोही ठाउँस्थित किराना पसलमा कुमारले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्रहरीमा पुगेको थियो।
अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको थियो। प्रहरीले उनले प्रयोग गरेको बिआर३०एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
प्रतिक्रिया
Facebook Comment