देशभर इन्टरनेट सेवामा समस्या
काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ। इन्टरनेट सेवा प्रदायकहरूले प्रदान गर्ने सेवामा देशभर समस्या देखिएको हो।
आइतबार साँझ ८ बजेदेखि देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)ले जनाएको छ।
भारतीय इन्टरनेट कम्पनी एयरटेल डाउन भएकाले नेपालमा इन्टरनेट सेवामा समस्या देखिएको उनले बताए।
वर्ल्डलिंक, सीजी, डिसहोम, सुबिसु, भायनेटलगायतका सेवामा समस्या देखिएको छ।
प्रतिक्रिया
Facebook Comment