गिद्ध संरक्षण र पर्यापर्यटन लागि पत्रकार बस्नेतको संयोजकत्वमा जुट्यो बर्दिवास
महोत्तरी। पर्या पर्यटन विकासको आधार तयार गर्न बर्दिवास नगरपालिकाले पत्रकार विशाल बस्नेतलाई संयोजक बनाएको छ । नगरको संस्कृति तथा पर्यटन प्रर्वद्वन समितिले गिद्ध, चराचुरुङ्गी तथा वातावरण संरक्षणको अध्यण तथा अनुसन्धान गर्न उपसमितिको संयोजक बनाएको हो ।
पर्यटकिय विकासको लागि खोजपुर्ण समाचारका माध्यमवाट नगरलाई मार्गनिर्देश गरिरहेका बस्नेतको संयोजकत्वमा गुञ्ज कार्की र दिपेन्द्र पराजुलीलाई समेत राखिएको प्रर्वद्वन समितिका अध्यक्ष हिरा गौतमले जानकारी दिए । बस्नेत सहितको उपसमितिले बिश्ववाट लोपोन्मुख अवस्थामा रहेको गिद्धको राईमन्डल क्षेत्रमा रहेको बासस्थानलाई संरक्षण र पर्यटकिय विकासको लागि काम गर्ने वताईएको छ ।
बर्दिवास उधोग बाणिज्य संघको सहयोगमा पत्रकार बस्नेतले नै राईमन्डल क्षेत्रमा रहेको गिद्ध बासस्थानको विषयमा उजागार गरेपछि नगरले संरक्षण र प्रर्वद्वनमा चासो देखाएको थियो । यो उपसमितिले थप पर्यटकिय सम्भावनाहरुको खोजी गरि नगर संस्कृति तथा पर्यटन प्रर्वद्वन समितिलाई सुझाव पेश गर्ने र पर्यापर्यटनको आधारहरु तयार गर्ने बिस्वास लिइएको समितिका सचिव नारायण घिमिरेले वताए ।
नगरको समृद्धिको लागि पर्यटन नै मुख्य मेरुदण्ड भएको बताउदै संयोजक बस्नेतले पर्यटकिय गन्तव्यहरुको खोजी र प्रर्वद्वन गर्दै बुकलेट तथा किताबहरु समेत प्रकाशन गर्ने वताएका छन् । हामीले उठाएका धेरै विषयहरु अहिले कार्यान्वयन हुने चरणमा छन् । जसले बर्दिवास नगरपालिका पर्यटकिय हिसावले आन्तरिक र वाहय पर्यटकको लागि आकर्षक गन्तव्य वन्ने क्रममा छ,झ बस्नेतले भने, १० हजार बर्ष अगाडिको मानव सभ्यता जुन बर्दिवास-३ मा रहेको छ जस्लाई पुरात्त्व बिभागवाट पर्यटन प्रर्वद्वनको लागि निर्देशन समेत भएको छ ।
संस्कृति तथा पर्यटन प्रर्वद्वन समितिका अध्यक्ष हिरा गौतमले पर्यटकिय आधार तयारहरु निर्माणको लागि विभिन्न उपसमिती समेत गठन गर्ने तयारी गरेका छन । यसका लागि समितीमा हेरफेर गरि पर्यटकिय क्षेत्रमा चासो देखाउने व्यक्तिहरुलाई समितिमा राखिएको बताए । समिती पर्यटन विकास गरि बर्दिवासको समृद्धिको लागि आक्रामक ढंगले अगाडि वढीसकेको अध्यक्ष गौतमको भनाई छ ।
चुरे क्षेत्रका जंगलहरु पर्यटन विकासमा आधार भएतापनी कामहरु अगाडि बढन नसकेको अवस्थामा बस्नेतको नेतृत्वले नया उचाईमा पुर्याउन सक्ने समितिका उपाध्यक्ष मुकुन्द पौडेलले बताए । विश्वमा रहेका करीब ११,००० चराका प्रजातीहरु मध्ये ८८६ प्रजातीहरु नेपालमा पाईन्छन्, जसमध्ये विश्वमा दुलर्व मानिएका चराहरु मध्ये ४४ प्रजातीका चराहरु पनि यहाँ पाईन्छन् ।
नेपालमा २१२ प्रजातीका स्तनधारी प्राणीहरु, २३२ प्रजातीका माछाहरु, १७५ प्रजातीका माकुराहरु, १७१ प्रजातीका उभयचरहरु, १२३ प्रजातीका शरीसृपहरु, विश्वमापाईने १५ प्रजातीका पुतलीहरुमध्ये ११ प्रजातीहरु तथा १४८२६ प्रजातीका ससाना कीरा तथा पट्याङग्राहरु पाईन्छन् ।
विभिन्न खोज अनुसन्धनानहरुबाट नेपालमा ११८ ओटा पारिस्थीतिक प्रणालीहरु अस्तित्वमा रहेका र यी मध्ये ८६ पारिस्थीतिक प्रणालीहरु संरक्षित क्षेत्रमा रहेका तथ्य समेत विद्यमान छ । त्यसैले पनि महोत्तरी कै सवैभन्दा ठूलो भु-भाग चुरे वन क्षेत्रमा पर्ने भएकाले यहाँ पाईने जिवजन्तु तथा पशुपंक्षी विशेष रहेको वताईएको छ ।
Facebook Comment