सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शरा पहिलो विदेश भ्रमणमा साउदी अरेबिया पुगे
काठमाडौं । सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शरा साउदी अरबको भ्रमणमा छन्, जहाँ उनले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई भेटेका छन्।
सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
एक दशक भन्दा बढीको गृहयुद्धबाट फसेको सिरियाका नयाँ अधिकारीहरू देशको पुनर्निर्माण र यसको अर्थतन्त्रलाई पुनरुत्थान गर्न धनी खाडी राज्यहरूमा निर्भर छन्।
यसैबीच, अहमद अल-शराले कमाण्ड लिएपछि अरबको सुन्नी मुस्लिम बहुल देशहरूसँग सिरियाको वार्ता सुरु भएको छ।
असदको शासनकालमा इरान र रुसको नजिक रहेको सिरिया अहिले साउदी अरेबिया र पश्चिमी विश्वको नजिक पुगेको देखिन्छ ।
प्रतिक्रिया
Facebook Comment