अमेरिकाको करपछि मेक्सिकोकी राष्ट्रपतिले भनिन् – ‘सार्वभौमसत्तामा सम्झौता हुँदैन’

डिसी नेपाल
२१ माघ २०८१ १३:२७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा २५ प्रतिशत कर लगाएकोमा मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाउमले मेक्सिकोले कुनै पनि प्रकारको द्वन्द्व नचाहेको बताउँदै हिम्मतको कमी नहुने चेतावनी दिएकी छिन् ।

राष्ट्रपति शेनबाउमले आफूलाई जनताको समर्थन रहेको र आफू एक्लै नभएको बताएकी छन् ।

मेक्सिकोकी राष्ट्रपतिले भनेकी छिन्, “संयुक्त राज्य अमेरिकाको तर्फबाट हामी मेक्सिको सरकारको आपराधिक संगठनहरूसँग साँठगाँठ भएको आरोपलाई अस्वीकार गर्दछौं। सार्वभौमसत्तासँग कुनै सम्झौता हुन सक्दैन ।”

यसअघि उनले अमेरिकाले लगाएको करबारे प्रतिक्रिया दिँदै ‘अमेरिकाविरुद्ध पनि करवृद्धिसहित प्रतिशोधात्मक कारबाही गर्ने’ बताएकी थिइन् ।

राष्ट्रपति शेनबाउमले भनेकी थिइन्, ‘प्लान बी कार्यान्वयन गर्न अर्थमन्त्रीलाई निर्देशन दिन्छु । हामी यसका लागि काम गरिरहेका छौं। यसमा मेक्सिकोको रक्षासँग सम्बन्धित ट्यारिफ र गैर-ट्यारिफ उपायहरू समावेश छन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *