पनामा नहरमाथि चीनको प्रभाव र नियन्त्र तत्काल परिवर्तन गर्न अमेरिकाको माग

डिसी नेपाल
२१ माघ २०८१ १४:१२

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनामा नहरमाथि चीनको प्रभाव र नियन्त्रण तत्काल परिवर्तन गर्न पनामासँग माग गरेका छन्।

अमेरिकाका शीर्ष कूटनीतिज्ञले पनामाले अमेरिकाको माग अस्वीकार गरेमा अमेरिकाले दुई देशबीचको सन्धि अन्तर्गत आफ्नो अधिकारको रक्षाका लागि व्यापक कदम चाल्ने बताएका छन् ।

अमेरिकी विदेशमन्त्री र पानामाका राष्ट्रपति राउल मुलिनोबीच आइतबार पनामा सिटीमा भएको भेटपछि यो चेतावनी आएको हो ।

पनामाका राष्ट्रपति मुलिनोले बैठकपछि पत्रकारहरूलाई अमेरिकाले पानामा नहर कब्जा गर्ने खतरा नदेखेको बताए।

राष्ट्रपति मुलिनोले भनेका थिए, “उहाँले चीनको प्रभावबारे ट्रम्पको चिन्तालाई सम्बोधन गर्न बैठकको प्रस्ताव गर्नुभएको थियो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *