जुम्लामा आगलागी हुँदा दुई घर नष्ट

डिसी नेपाल
२१ माघ २०८१ २१:५३

जुम्ला। यहाँको चन्दननाथ नगरपालिका– ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्।

चन्दननाथ–३ का खिपप्रसाद उपाध्याय र धर्मप्रसाद उपाध्यायको घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख छेदिलाल कामतीले जानकारी दिए। विद्युत्को तार सट भएर आगो लागेको अनुमान गरिएको छ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी परिचालन गरिएको छ। क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *