योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना

डिसी नेपाल
२१ माघ २०८१ २३:०५

खाँदबारी (सङ्खुवासभा)। सङ्खुवासभाको खाँदबारीमा विदुषी योगमाया हिमालयन विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना गरिएको छ। अरुण उपत्यकाभित्रका १९ वटा स्थानीय तहका प्रमुख र प्रतिनिधि भेला भएर आज जिल्ला समन्वय समितिको भवनमा केन्द्रीय कार्यालय स्थापना गरिएको हो।

विश्वविद्यालयका अध्यक्ष डा अर्जुन कार्कीले कार्यालयको उद्घाटन गर्दै विश्वविद्यालय स्थापनाका लागि भइरहेका प्रयास र हालसम्मको प्रगतिका बारेमा जानकारी गराएका थिए। कार्यालय स्थापनासँगै विश्वविद्यालयका काम अघि बढेको र खाँदबारी नगरपालिका–९ को ढुङ्गेबिसौनामा पाँच सय रोपनी जग्गा विश्वविद्यालयका लागि अधिग्रहण गरिसकिएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *