शिखर इन्स्योरेन्सको फागुन १३ गते वार्षिक साधारण सभा, यस्तो छ एजेण्डा

डिसी नेपाल
२२ माघ २०८१ ८:४५

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले फागुन १३ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा यस कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *