बरूण धवनकी भाञ्जी सलमानसँग सिकन्दरमा देखिँदै

डिसी नेपाल
२२ माघ २०८१ ९:४९

मुम्बइ । सलमान खानको आगामी फिल्म ‘सिकन्दर’ मा वरुण धवनकी भान्जी अञ्जिनी धवन पनि देखिने चर्चा लामो समयदेखि भइरहेको थियो।

त्यसको औपचारिक घोषणा भने कतैवाट पनि भएको थिएन तर अहिले अन्जिनी आफैले यो फिल्मको हिस्सा भएको कुरा पुष्टि गरेकी छिन् । उनले सलमानसँग सिकिन्दर फिल्ममा काम गरेको कुरा गरेकी छिन् ।

हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै अन्जिनीले भनिन्, ‘फिल्मको टिजर रिलिज भएको छ, त्यसैले अब म यसबारे कुरा गर्न सक्छु ।’  उनले भनेकी छिन कि उनको व्यावसायिक जीवनमा सबै ठीकठाक चलिरहेको र सिकिन्दर फिल्मको सेटमा आफुलाई रमाइलो लागेको पनि बताएकी छिन्।

उनले सुटिङ सेटलाई खुसीको ठाउँ भनेकी छिन् अर्थात् सो ठाउँमा पाउँदा आफू निकै खुसी महसुस भएको पनि साझा गरेकी छिन् ।

अन्जिनीले थप भनिन्, ‘म धेरै आभारी छु । जब म फिल्मको सेटमा पुग्छु, यो सपना हो कि होइन, म आफैलाई चिम्ट्छु । मेरो लागि हरेक दिन यस्तै हुन्छ।’

सलमानसँग काम गर्ने बारे उनले भनिन्, ‘म उहाँको ठूलो फ्यान हुँ र उहाँलाई नै हेरेर हुर्किएकी हुँ, मलाई उहाँको फिल्म मन पर्छ । खासमा ‘पार्टनर’ देखि ‘मुझसे शादी करोगी’ सम्म उनले र डेभिड सरले सँगै काम गरेका फिल्महरु ।’

अञ्जिनीले पनि आफूलाइ गारहो परेको बेला ‘पार्टनर’ हेर्ने गरेको र त्यसपछि ठिक भएकोसमेत बताइन् । अन्तमा उनले भने, ‘उहाँ ९सलमान० सँग काम गर्नु सपना जिउनु जस्तै हो।’

सेप्टेम्बर २०२४ मा, ‘बिन्नी र परिवार’ नामक फिल्म रिलिज भयो, जसलाई संजय त्रिपाठीले निर्देशन गरेका थिए। यही फिल्मबाट अन्जिनीले बलिउडमा डेब्यु गरेकी हुन् । यस फिल्ममा पंकज कपुर, राजेश कुमारजस्ता स्टार पनि देखिएका थिए ।

‘सिकन्दर’ उनको करियरको दोस्रो फिल्म हो । तर, यो फिल्ममा उनको भूमिका के छ रु यसबारेमा अहिलेसम्म जानकारी आएको छैन । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्ना छिन् । यो फिल्म यस वर्षको इदको अवसरमा हलमा रिलिज हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *