नेपाल प्रहरीमा रिक्त ७५ डिएसपी बढुवाको तयारी, को को छन् प्रतिस्पर्धी?
काठमाडौं। नेपाल प्रहरीमा रिक्त रहेको ७५ डिएसपी बढुवाको तयारी शुरु भएको छ। एसपीको बढुवा र पदास्थापनसँगै डिएसपी बढुवाको तयारी भएको हो।
एसएसपी, एसपी बढुवामा आलोचित भएको गृहमन्त्री रमेश लेखक र प्रहरी महानीरिक्षक वसन्त कुँवर ७५ जना इन्स्पेक्टरलाई डिएसपी बढुवा गर्ने अन्तिम तयारीमा लागेको स्रोतको दावी छ।
नेपाल प्रहरीका ३७ प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएसँगै हाल डीएसपीको रिक्त संख्या ७५ दरबन्दी रिक्त भएको छ।
डीएसपीमा बढुवाका लागि वि.सं. २०७० मा इन्स्पेक्टरमा भर्ना भएकाहरुबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि ०७० को ब्याचबाट दुई लटमा डीएसपी भइसकेका छन्। त्यतिबेला भर्ना भएका १ सय ४४ जना भर्ना भएकाहरुबाट हाल ७९ जना अझै इन्स्पेक्टरमै छन्।
डीएसपी बढुवाका लागि सोही ब्याचबाट ७९ जना भएपनि प्रहरी प्रधान कार्यालय ७५ जनालाई बढुवा गर्नेछ। तर दरबन्दी ७५ मात्रै रहेको अवस्थामा ०७० को ब्याचबाट ४ जना बढुवा हुनबाट छुट्ने निश्चित छ।
प्रहरी प्रधान कार्यालयले २०७० मा भर्ना भएकाहरुमध्ये २०८० जेठ २२ गते पहिलो लटमा ४६ जना र त्यसको एक वर्षपछि २०८० चैत २२ गते दोस्रो लटमा सोही ब्याचका १९ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गरिसकेको छ।
अब हुने डीएसपी बढुवाका लागि सोही ब्याचबाट ७९ जना भएपनि प्रहरी प्रधान कार्यालय ७५ जनालाई बढुवा गर्नेछ। तर दरबन्दी ७५ मात्रै रहेको अवस्थामा ०७० को ब्याचबाट ४ जना बढुवा हुनबाट छुट्ने निश्चित छ। अहिले काठमाडौंमा सोही ब्याचका इन्स्पेक्टरहरुले बढुवा हुनका लागि शक्तिकेन्द्रमा आ-आफ्नो लबिङ सुरु गरिसकेका छन्।
पहिलो लटमा २२ जेठ २०८० मा २०७० को ब्याचका ४६ जना डीएसपीमा बढुवा भएका थिए। त्यतिबेला पहिलो नम्बरमा रन्जन अवा, दोस्रो नम्बरमा कमल बेल्वासे, तेस्रो नम्बरमा यमकुमार श्रेष्ठ गरी ४६ जना डीएसपीमा बढुवा भएका थिए। सोही व्याच भन्दा अघिका चन्द्रबहादुर थापा र त्यही ब्याचका इन्द्रजित ईटनीसहित ८० जना प्रतिस्पर्धी हुन्।
को को छन् प्रतिस्पर्धी?
चन्द्रबहादुर थापा, इन्द्रजित इटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीरदत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गंगा बहादुर सारु, टेकबहादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, चन्द्र कुमार सिंह,राजु खत्री, हिम बहादुर खत्री,मधु नेपाल, मोहनजंग बुढाथापा, चक्र बहादुर डम्बरपाल छन्।
यसैगरी अनिलराज गिरी, सुरेन्द्र प्रसाद जोशी, पविन्द्रबहादुर बम, गणेश सापकोटा, आशिष अधिकारी, शंकर प्रसाद आचार्य,बसन्त गौतम,राजन रायमाझी, पन्चलाल गोले, जनक पुरी, लोक बहादुर जि.सी.,केदारमान दोङ, केशवराज ज्ञवाली, दिपक सुवेदी, पुष्कर बोगटी,चन्द्र भुसन यादव, बसन्त पाण्डे,प्रशन्नराज चौधरी,बिष्णु प्रदिप बस्याल, शिला थापा, सुरेश गौतम, भिम बहादुर खड्का छन्।
यसैगरी रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरु प्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवश बहादुर जि.सी.,राजेन्द्र कुमार उपाध्याय, हरिबहादुर बि.सी., गणेशचन्द्र कोइराला, बिक्रम लामा, होम प्रकाश चौधरी,पदमराज थापा,राज कुमार सिंह, गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने,देबेन्द्र कुमार मल्ल,दिपक पातली, शैलेश न्यौपाने, शैलेन्द्र कुमार भट्ट, योगराज खतिवडा छन्।
डम्बर बहादुर पुरी,सरोज राई, लोकेन्द्र सिंह गुरु, हिरा सिंह महरा,सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्त बहादुर सुनार,गोबिन्द रावत, सुवास भट्टराई, देबेन्द्र बहादुर शाह, नरेशराज मल्ल, हिमा थोकर, राजिब श्रेष्ठ,भाष्कर खतिवडा, सुरज बहादुर खड्का,कृष्ण प्रसाद बिष्ट, अनिल पण्डित, मदन थापा, वकिलबहादुर सिंह, हरिबहादुर बस्नेत, शंकर खड्का बढुवाको प्रतिस्पर्धामा छन्।
Facebook Comment