कैलाली विद्या निकेतनले सार्वजनिक गर्यो रजत जयन्तीको लोगो
धनगढी । कैलाली विद्या निकेतन धनगढीले एक समारोहबीच रजत जयन्तीको लोगो सार्वजनिक गरेको छ।
प्रमुख अतिथि पूर्वशिक्षा निर्देशक नन्दराज पन्तले कैलाली विद्या निकेतन २५औं वर्षमा प्रवेश गरेको अवसरमा श्रीपन्चमीको दिन रजत जयन्तीको लोगो सार्वजनिक गरेका हुन्।
वि.सं. २०५६ सालमा स्थापना भएको कैलाली विद्या निकेतनमा हाल नर्सरीदेखि १० कक्षासम्म अध्यापन हुँदै आएको छ।
विद्यालयका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाह सभापतित्वमा सम्पन्न लोगो अनावरण कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञराज यात्री, सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक एवं गीता फर लाइफका केन्द्रीय संयोजक डा. हरिचन्द्र कमली, शैक्षिक व्यक्तित्व हृदय पुजारा, कृष्ण आचार्य, प्रेमराज जोशीले आफ्नो धारणा राखेका थिए।
यस्तै कार्यक्रममा अभिभावक दीर्घबहादुर शाह, चादनी जोशी, गङादत्त जोशी, बलबहादुर बोगटी, योग गुरु धर्मराज कोइराला, विद्यालयकी संस्थापक रेखा सिंहलगायतले विद्यालय २५ वसन्तमा प्रवेश गरेकोमा खुसी व्यक्त गरेका थिए। उनीहरूले विद्यालयको थप प्रगतिको कामना गरेका थिए।
प्रिन्सिपल शाहले अभिभावक, विद्यार्थी, शिक्षक र समुदायका मानिसको प्रेरणाले नै विद्यालय आजको अवस्थामा आइपुगेको बताएका थिए। उनले आगामी दिनमा पनि सबै क्षेत्रबाट यस्तै सहयोगको अपेक्षा गरिएको बताए।
‘तपाईंहरूको साथ र प्रेरणाबीना हाम्रो यहाँसम्मको यात्रा सम्भव थिएन। आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा विद्यालयले गरेको छ। हाम्रा सबल र दुर्वल पक्ष यहाँहरूले औंल्याइदिनु हुनेमा हामी विश्वस्त छौं। तपाईंहरूको सुझाव अनुसार नै हामी अगाडि बढ्ने छौं,’ उनले भने। विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालय प्रतिवद्ध रहेको समेत उनले बताएका छन्।
प्रमुख अतिथि पन्तलाई विद्यालयका तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
Facebook Comment