सरकारले सगरमाथा सम्वाद आयोजना गर्ने
काठमाडौं । सरकारले २०८२ साल जेष्ठ पहिलो साता काठमाडौंमा सगरमाथा सम्वाद आयोजना गर्ने निर्णय गरेको छ।
माघ २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २०८२ साल जेष्ठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा सम्वाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धीत मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहने गरि उपभोक्ता अदालत गठन गर्ने निर्णय भएको उनले जानकारी दिए।
बैठकले बालसुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधा बिहिन बालकालिकाका लागि शैक्षिक कार्यक्रमबीच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ भने शहरी बिकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरुका लागि चालू आर्थिक बर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।
बैठकले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गरेको छ भने आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र(दोश्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ।
Facebook Comment