काठमाडौंमा पुरुष मृत फेला, बर्दिया र सिराहामा एक/एक जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-१५ चमती बस्ने ४८ वर्षीय नरेश श्रेष्ठ आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै बर्दियाको मधुवन नगरपालिका-८ हाट बजारमा गुलरिया नगरपालिका-९ मथुरागाउँ घर भएका ७५ वर्षीय राजाराम मंगता मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सिराहाको गोलबजार नगरपालिका-२ निपनियास्थित राजदेवी मन्दिर छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३३ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment