अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जनकपुरमा हुने
जनकपुर । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि जनकपुरमा आयोजना हुने भएको छ।
आयोजक संवाद फाउण्डेशनले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरमा जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो।
नेपाली चलचित्र क्षेत्रको अन्तराष्ट्रियकरण, बजार प्रवद्र्धन तथा सम्भावना र अवसरको खोजीसंगै चलचित्र संस्कृतिको प्रवर्द्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरेको आयोजकले जानकारी दिएको छ।
पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मिथिलाको संस्कृति बिश्वमाझ चिनाउनका लागि जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव महत्वपूर्ण हुने विश्वस व्यक्त गरे।
उनले महोत्सवमा मिथिलाका साथै नेपालमा निर्माण भएका सवै भाषभाषीका चलचित्रलाई पनि समावेश गर्न सुझाव दिए।
महोत्सवमा १ सय १४ भन्दा बढि देशका चलचित्रहरूले आवदेन दिएको र नेपाली पानोराममा नेपालबाट आवदेन आउने क्रम जारी रहेको संवाद फाउण्डेशनले जनाएको छ।
Facebook Comment