दैलेख केन्द्रविन्दु भएर गयो भूकम्प

डिसी नेपाल
२२ माघ २०८१ १८:५५

काठमाडौं । दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रिक्टरस्केलको भूकम्प गएको हो।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *