इजरायली राष्ट्रपतिसँग राजदूत पण्डितको विपिन रिहाइबारे टेलिफोन संवाद

डिसी नेपाल
२३ माघ २०८१ १३:१३

काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग विपिन जोशीको रिहाइबारे टेलिफोन संवाद गरेका छन्।

मंगलबार अपराह्न राजदूत पण्डितले इजरायलका राष्ट्रपति हर्जोगसँग संवाद गरेको परराष्ट्रमन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

राष्ट्रपति हर्जोगले फोनका क्रममा इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरूको उद्धारका लागि सबै प्रयास गरिरहेको जनाएको विज्ञप्तिमा उल्लेख छ।

गएको २१ असोज २०८० मा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा विपिन हमासको नियन्त्रणमा छन्। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *