पद्मकन्या अगाडी ‘पोलिकन क्रसिङ लाइट’ सञ्चालनमा
काठमाडौं । काठमाडौंको बागबजारस्थीत पद्मकन्या बहुमुखी क्याम्पस अगाडी ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ।
क्याम्पसमा पठनपाठन गर्ने विद्यार्थी र अन्य पैदल यात्रुलाई अब बाटो काट्न सहज होस भनेर ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान गरिएको काठमाडौं महानगरपालीकाले जनाएको छ।
पैदलयात्रीले बटन थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्ने छ।
एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन्। लाइट जडान गरेपछि महानगरले त्यसको प्रयोगका बारेमा विद्यार्थीलाई जानकारी गराएको थियो।
काठमाडौं महानगरले हालसम्म ३५ भन्दा बढी स्थानमा पोलिकन क्रसिङ लाइट सिस्टम जडान गरिएको जनाएको छ।
प्रतिक्रिया
Facebook Comment