आइतबार बस्ने गरी सकियो राष्ट्रियसभा बैठक

डिसी नेपाल
२४ माघ २०८१ १४:१२

काठमाडौं । राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित भएको हो।

आजको बैठकमा दुई वटा विधेयक पेस भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका छन्। यस्तै शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरेकी छन्।

केही सदस्यले शून्य समयमा समसामयिक विषयमा आआफ्नो धारणा राखेका छन्। आजको बैठकमा अध्यादेश पेस गर्ने भनिए पनि राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *