अन्तरजातीय विवाह तोड्न गृहमन्त्रीको निर्देशन भयो : सांसद नेपाली
![अन्तरजातीय विवाह तोड्न गृहमन्त्रीको निर्देशन भयो : सांसद नेपाली](https://www.dcnepal.com/wp-content/uploads/2025/02/Shiv-Nepali.png)
काठमाडौं । राष्ट्रिय स्तन्त्र पार्टीका सांसद शिव नेपालीले सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने नीति लिए पनि लागू नभएको आरोप लगाएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएता पनि व्यवहारमा लागू नभएकाले हात्तिको दात जस्तै दोहोरो चरित्र देखाएको बताए।
‘मलाई यो सरकार हात्तिको दात जस्तै लाग्न थालेको छ। देखाउने एउटा चपाउने एउटा यो सरकारको चरित्र पनि त्यस्तै हो कि? के प्रेम गर्नु अपराध हो? सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको तर व्यवहार उल्टो छ। अन्तरजातिय विवाह गर्ने दलित सतेन्द्रराम चमार र नेहा रौनिहारको विवाह दर्ता भइसकेको पनि जबरजस्ती तोड्न गृहमन्त्री कै निर्देशनमा राज्यशक्ति दुरुपयोग भइरहेको भन्ने खबर अत्यन्तै गम्भिर छ। सरकारले जवाफ दिनुपर्छ,’ उनले भने।
उनले अन्तरजातीय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएर राज्यशक्ति दुरुपयोग गरेको पनि उनले आरोप लगाए।
Facebook Comment