म हिरो त श्रीमती र छोराको मात्रै होः बिजय बराल
काठमाडौं । साहित्य, संगित र अभिनय। यी तीन कलाका विभिन्न आयाममा पत्रकार तथा लेखक राज सरगमसँग गफिए, लेखक पत्रकार बसन्त बस्नेत, गायिका अभया सुब्बा र कलाकार बिजय बराल।
अहिले व्याण्ड सेलाइरहेको समयमा पनि लामो समयदेखि व्याण्डसहित सक्रिय रहेकी गायिका, गीतकार तथा कम्पोजर अभय सुब्बा सामाजिक सञ्जाल अनुसार नयाँ पुस्ताको टेष्ट बुझ्दा सँगै जान सकिने बताउँछिन्। उनले भनिन्, ‘अहिलेका पुस्तालाई संगितमा पिस (शान्ती) मनपर्छ, पहिले रिस मनपथ्र्यो।’
व्यण्ड मात्रै हैन, यसमा महिलाको आवाज त झनै विरलै सुनिन्छ। यस विषयमा पनि अभयाले यदि गायिका मात्रै भएको भए आफू पनि हराउने बताइन्। उनले भनिन्, ‘गायिका र गाउने महिला धेरै भए पनि म यसलाई एउटा पार्ट मात्रै बनाउँछु। गीत आफैँ लेख्छु, आफैँ कम्पोज गर्छु। त्यसैले म यहाँ छु।’
लेखक पत्रकार बसन्त बस्नेतले उनले अहिलेसम्म लेखेका दुईथरी पुस्तकका बारेमा बताए। उनले भने, ‘पहिलो पुस्तक कन्टेम्पोररी हिस्ट्रीका बारेमा थियो। मधेशको यथार्थ घटनालाई पत्रकारको आँखाले देखेका कुरा उतारिएका थिए। पछि २ ओटा उपन्यासमा व्यक्ति र समाजलाई बुझ्न सकिन्छ।’
लेखन सबै साहित्य मान्न नसकिने पनि उनले बताए। उनले भने, ‘अरु मानिसको निजी भोगाइलाई साहित्य मान्न सकिँदैन।’
अहिलेको पुस्ता सहित्यसँग जोडिएको पनि उनले दाबी गरे। अहिले पढ्ने संस्कार कम भयो भन्ने चलन भए पनि तथ्य र तथ्यांकले त्यस्तो नदेखाउने उनको दाबी छ।
पहिले पत्रकारिता हतारको साहित्य भन्थे, अहिले साहित्य समाचारमा पसेको हो कि सहित्यमा समाचार भन्ने प्रश्नमा उनले दुबैका अक्षर एक्प्रेसन पसेको बताए।
यस्तै, अहिले पूर्ण बहादुरको सारङ्गीबाट चर्चित भएका कलाकार बिजय बरालले अभिनयलाई पढाईले निखारता ल्याउने बताए। उनले भने, ‘अभिनय जन्तजातै हुन्छ। हरेक कुरा अब्र्जभेसन गरेर त्यसैको नक्कल गर्ने नै अभिनय हो। तर, त्यसलाई भावमा रुपान्तरण गर्नुपर्छ।’
उनले अभिनय पनि एक जनरा भएको भन्दै भने, ‘अहिले प्राकृतिक अभिनय सबैले मन पराइरहनुभएको छ। मेरो फिल्म पूर्ण बहादुरको सारङ्गीलाई धेरै मन पराउनुको कारण पनि यही हो।’
पहिले सहायक भूमिकामा रहँदा र अहिले मुख्य भूमिकामा अनुबन्धित हुँदा अभिनयमा फरक नभए पनि त्यसलाई डोहोर्याउने तरिकामा भने फरक हुने उनले बताए। उनले भने, ‘सहायक भूमिका भनेको बाटोको काँडा सफा गर्ने जस्तै हो। तर, मुख्य भूमिकामा जिम्मेवारी बझध र दबाब महशुस हुने रहेछ।’
उनले पहिलेको भन्दा अहिले ५ गुणा पारिश्रमिक बढेको र जिम्मेवारी पनि उस्तै बढेको बताए।
फिल्ममा अब त तपाईं पनि हिरो है भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘हिरो त म मेरो श्रीमती र छोराको मात्रै हो। अरुको लागि त क्यारेक्टर हिरो हुने हो।’
Facebook Comment