मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको हो: सांसद पन्त
काठमाडौं। नेकपा (एमाले)का सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताएका छन्। प्रतिनिधिसभाको आजको विशेष समयमा उनले यसका लागि सरकारले छ वटा अध्यादेश ल्याएको बताए।
‘मुलुकको भविष्य बनाउने अध्यादेश आएको छ’, सांसद पन्तले भने, ‘अध्यादेश देश र जनताको हितमा छ।’ विगतमा थिलथिल बनाएको अर्थतन्त्रलाई वर्तमान सरकारले सुधार गर्ने प्रयास गरिरहेको उनको भनाइ थियो।
सांसद पन्तले भने, ‘सरकारले ल्याएका कानुनमा जनताको अधिकार कहानेर खोसिएको छ, अध्यादेश ल्याउनु सरकारको अधिकारको कुरा हो।’ उनले ६ वटा अध्यादेशमा २९ कानुन संशोधनको कुरा उठाइएको र संसद् कुण्ठा अभिव्यक्ति गर्ने ठाउँ नभएकाले जनताको हित र समृद्धिका लागि बोल्नुपर्ने बताए।
प्रतिक्रिया
Facebook Comment