बससेवाको भ्यालेन्टाइन अफर, हरेक टिकटमा ५०० रुपैयाँसम्म छुट
काठमाडौं। मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरु गरेको छ । देशका विभिन्न गन्तव्यमा जाने यात्रुहरूलाई टिकट काट्दा ५०० रुपैयाँसम्मको छुट दिने अफर सुरु गरिएको बससेवाले जनाएको छ ।
‘भ्यालेन्टाइन डेमा बससेवाको अफर, भारी छुटमा घुम्न जाउँ सरर’ भन्ने स्लोगनसहित सुरु भएको अफरमा देशभरका जोकोही पनि सहभागी हुन सक्नेछन् । अनलाइनमार्फत् बसको टिकट काट्नेहरूको संख्या बढिरहेको अवस्थामा जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न यात्रुलाई अभ्यस्त बनाउन यस्तो अफर ल्याइएको बससेवाले जनाएको छ।
माघ २४ गते बिहीबारदेखि सुरु भएको अफर आगामी फागुन १० गतेसम्म सञ्चालन हुने बससेवाले जनाएको छ । बससेवाले आफ्नो मोबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने यात्रुलाई अफरको सूची अनुसार छुट उपलब्ध गराउनेछ।
प्रयोगकर्ताले वेबसाइट तथा मोबाइल एपमा अफर संलग्न गरिएको टिकट खरिद गरी छुट पाउने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बससेवाका अनुसार लामो दुरीको टिकट काट्नेहरूले ५०० रुपैयाँ छुटमा सीधै टिकट काट्न सक्छन्। त्यसैगरी छोटो दुरी वा न्यूनतम ९००
रुपैयाँको टिकट काट्नेले ३०० रुपैयाँ छुट पाउनेछन् । चितवनभन्दा छोटो दुरीको टिकट काट्ने वा ९०० रुपैयाँभन्दा कम मूल्यको टिकट काट्नेको हकमा भने यो अफर लागू हुनेछैन ।
स्तरीय र नियमित सञ्चालन हुने बसहरूमा यो अफर सञ्चालन गरिने भएकाले यात्रुहरूलाई सहज हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए । उनका अनुसार फागुन १० गतेसम्ममा यात्रा गर्ने गरी बुक हुने सबै टिकटमा छुट उपलब्ध हुनेछ । अहिले बससेवाबाट बढीमा २ हजार ८०० रुपैयाँसम्ममा देशका सबै गन्तव्यको टिकट काट्न सकिन्छ ।
बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौँको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याइसकेको छ । बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जानका लागि सो लाउन्जबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् ।
उल्लेखित समिति तथा कम्पनीहरूका हजारौँ संख्याका बसका लाखौँ टिकट अनलाइनमार्फत् खरिद गर्न सकिने बससेवाले जनाएको छ ।
Facebook Comment