जसपा नेपालले देश र मधेसको अहित हुने काम गर्दैन : सुरेश मण्डल
काठमाडौं। सरकारले जारी गरेको अध्यादेश राष्ट्रिय सभाबाट पारित गर्न निर्णायक शक्ति रहेको जसपा नेपालले देश र मधेसको हित वपिरित कुनै पनि सम्झौता नगर्ने जनाएको छ।
जसपा नेपालका केन्द्रीय सचिव सुरेश मण्डलले सरकारले जारी गरेको भूमि सम्बन्धी अध्यादेश र सामाजिक संजाल सम्बन्धि अध्यादेशलाई पार्टीले जस्ताको तेस्तै पारित नगर्ने बताएका छन्।
अध्यादेशबाट शासन चलाउन खोज्नु नै गतल भएको भन्दै सचिव मण्डलले बाध्यात्मक अवस्थामा ल्याएर र सही प्रयोजनका अध्यादेशलाई भने पार्टीले सहयोग गर्ने बताए।
सरकारले जारी गरेका अध्यादेश राष्ट्रियसभाबाट पारित गर्न जसपा नेपालको समर्थन आवश्यक पर्छ। राष्ट्रिय सभाभमा सत्ता पक्षको बहुमत नभएका कारण बिहीबार सदनमा सरकारले अध्यादेश पेश गरेको छैन।
अध्यादेशका विषयमा जसपाले निर्णय गरिनसकेका कारण बिहीबारको कार्यसूचीबाट अध्यादेश पेश गर्ने बिहीबारको कार्यसूची सरकारको आग्रहमा दुवै सदनले हटाएका थिए।
सचिव मण्डलले देश र मधेसको हितमा भएका भएका अध्यादेश पारित गर्न सहयोग गरेपछि भूमि अध्यादेश र सामाजिक संजाल सम्बन्धी अध्यादेश जस्ताको तेस्तै पारित गर्न नसकिने बताए।
‘पहिलो कुरा त अध्यादेशमार्फत मुलुकमा शासन चलाउने कुरा राम्रो होइन,’ सचिव मण्डलले भने, ‘सरोकारवालासँग प्रयाप्तमात्रामा छलफल गरेर बाध्यात्मक अवस्थामा अध्यादेश ल्याउन सकिन्छ। जसपा नेपालले देश र मधेसको अहितमा कुनै पनि काम गर्दैन।’
Facebook Comment