सुनको भाउमा सामान्य गिरावट, आज कतिमा हुँदैछ किनबेच?
![सुनको भाउमा सामान्य गिरावट, आज कतिमा हुँदैछ किनबेच?](https://www.dcnepal.com/wp-content/uploads/2025/02/Gold.png-3.png)
काठमाडौं। नेपाली बजारमा सुनको भाउ शुक्रबार चार सय रुपैयाँले घटेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा झरेको छ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो। यसअघि मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः प्रतितोला १९००, २२०० र १६०० रुपैयाँले बढेको थियो।
यता, शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया
Facebook Comment