खानेपानी मन्त्रालयमा आगलागी

डिसी नेपाल
२६ माघ २०८१ १०:११

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार आगलागी भएको छ। खानेपानी मन्त्रालयको तेस्रो तलामा आगलागी भएको हो। उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो।

सिंहदरबार प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्ष आगलागी कारण पूर्णरुपमा क्षति भएको छ। खानेपानी मन्त्रालयमा मन्त्रीको कार्यकक्षमा विद्युत् सर्ट भएर बिहान ८ बजेर ४६ मिनेट जाँदा आगलागी भएको प्रहरीले जनाएको छ।

तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन। सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *