मानुषी लघुवित्तले ९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन

डिसी नेपाल
२७ माघ २०८१ ८:०४

काठमाडौ, माघ २७ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा भने कम्पनी १ करोड ७७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार देखिएको हो ।

यसले पुससम्म ५ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ४८.४४ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा मानुषीले ३ करोड ४२ लाख रुपैयाँ उक्त आम्दानी गरेको थियो ।

यस्तै, गत वर्ष १ करोड ७७ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको कम्पनी अहिले १४ लाख ९ हजार रुपैयाँ नाफामा रहेको छ । हाल यस संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ४ करोड ९० लाख रुपैयाँ जम्मा छ ।

यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर पनि बढेर आम्दानी १ रुपैयाँ ८० पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा ऋणात्मक रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १५०.३० रुपैयाँ देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *