नेपाल लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि

डिसी नेपाल
२७ माघ २०८१ ८:४८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ९.४५ प्रतिशतले धेरै हो । गत वर्ष यस कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २३.३० प्रतिशत बढेर ९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यता, खुद बिमा शुल्क आर्जन पनि १२.२६ प्रतिशतले बढेर २२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

यसको जीवन बिमा कोषको आकार २ खर्ब १८ अर्ब ४१ करोड रुपैयाँ भन्दा धेरैको छ । चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी थोरैले बढेर ११ रुपैयाँ ४१ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *