न्यादी हाइड्रोपावर ८६ लाख ५५ हजार रुपैयाँ नोक्सानीमा

डिसी नेपाल
२७ माघ २०८१ ८:५८

काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा न्यादी हाइड्रोपावरले ८६ लाख ५५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिमा न्यादीले १० करोड ६४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै यसको नोक्सानी घटेको हो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २७।११ प्रतिशतले बढेर ३६ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट २८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यता, खुद सञ्चालन नाफा पनि ५०।९६ प्रतिशतले बढेर २० करोड ९३ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५८ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ७३ रुपैयाँ ७० पैसा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *