राजेशको ‘घुरको धुवाँ’को दोस्रो संस्करण आयो
![राजेशको ‘घुरको धुवाँ’को दोस्रो संस्करण आयो](https://www.dcnepal.com/wp-content/uploads/2025/02/rajesh-khanal-ghurko-dhuwa.jpg)
काठमाडौं। पत्रकार तथा लेखक राजेश खनालको संस्मरणात्मक कृति ‘घुरको धुवाँ’को दोस्रो संस्करण प्रकाशित भएको छ।
हालै एक घरेलु कार्यक्रमका बिच निबन्धकार श्रीओम श्रेष्ठ रोदन, कवि छविरमण सिलवाल, कवि एवं पत्रकार सोमराज पोखरेल र खनालले पुस्तक सार्वजनिक गरेका थिए।
पुस्तक सार्वजनिक गरेसँगै रोदनले पाठक बजार कम भएको अवस्थामा एक वर्षभित्रै कुनै पनि पुस्तकको दोस्रो संस्करण आउनु आफैँमा गौरवको विषय भएको बताए।
उनले मधेसको कथा समेटेर प्रकाशित घुरको धुवाँ मधेसको घरघरको कथा भएको भन्दै यसभित्रका हरेक संस्मरणले मधेसको प्रतिनिधित्व गर्न सकेको बताए।
कवि सिलवालले घुरको धुँवाले आञ्चलिकताको प्रतिनिधित्व गरेको सुनाए। यस पुस्तकमा खनालका तराई मधेश केन्द्रित १८ वटा संस्मरणहरू समावेश छन्। पुस्तकको दोस्रो संस्करण सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो। पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको छ।
Facebook Comment