नयाँ शक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि
![नयाँ शक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि](https://www.dcnepal.com/wp-content/uploads/2024/03/1589385683Baburam-bhattrai-Copy.jpg)
काठमाडौं । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आजबाट हुने भएको छ । महाधिवेश नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।
२९ माघसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजार ५ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ ।
महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवस्थापन समितिका संयोजक हिसिला यमीले प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकी थिइन् ।
प्रतिक्रिया
Facebook Comment