चिन्तन र दृष्टिकोण
![चिन्तन र दृष्टिकोण](https://www.dcnepal.com/wp-content/uploads/2025/02/11-3.jpg)
हाम्रो समाजमा पश्चिमी देशका बिज्ञान र प्रविधि आधारित भौतिक बिकासले प्रभावित भएर भौतिकवादको प्रचारित भएको देखिन्छ। कि त मार्क्स्वादवादबाट प्रभावित भएर नास्तिकताको दर्शनका कारण भौतिकवादको प्रचार भैरहेको पाइन्छ।
तर भौतिकवादको मूल आधार भनेको पदार्थ हो। पदार्थको कारण मानिसमा चेतना पैदा हुन्छ भन्ने भनाइ भौतिकवादीहरुको हो। पहिले पदार्थ त्यसपछि चेतनाको जन्म भयो भन्ने मान्यता यसको हो।
कुनै बस्तु जब मानिसले देख्छ यसपछि मात्र त्यस बस्तुको वारेमा धारणा वा चेतनाको जन्म हुन्छ भन्ने हो। जंंगलमा जब मानवले कुनै फल देख्यो तव उसले त्यसलाई हे¥यो छाम्यो, जाँच्यो र त्यसको नाम यसपछि उसले राख्यो।
हामीले देखे खाएका स्याऊ सुन्तला, नास्पाती स्ट्राबेरी आदि फलहरु र त्यसको नाम मानिसहरुले यसैगरी राख्दै गएको हो। यसरी पदार्थलाई प्रधान मान्ने शास्त्र वा दर्शनलाई नै हामी भौतिकवाद भन्दछौं।
चेतनालाई पहिलो मान्ने दर्शनलाई आध्यात्मिक दर्शन भनिएको छ। हाम्रो समाजमा यसको आधार भनेको हिन्दु, किरात, मुन्धुम संस्कृति, मुस्लिम संस्कार वा सनातनी धर्महरु आध्यात्मवादका आधारहरु हुन्।
बहुदलीय व्यवस्थाको सुरुवात भैसकेपछि हाम्रो संविधानमा जव धर्मनिरपेक्षता शब्दलाई राखियो, तबदेखि क्रिश्चियन धर्मको पनि खुबै प्रचार भएको पाइन्छ। सबै खालका धर्महरु आध्यात्मिक चिन्तन र दर्शनका आधारहरु हुन्।
यो संंसार नै कुनै अलौकि शक्तिबाट बन्यो सारा जीवजन्तु र प्राणी जगतको श्रृष्टि यस्तै शक्तिले गरेको हो भन्ने भनाइ यस दर्शनको हो। पहिले चेतना वा शक्ति त्यसपछि पदार्थ भन्ने मान्यता आध्यात्मिक दर्शनको हो।
आध्यात्मवाद वा भौतिकवादी दर्शनको गहिराइमा पुगेर चिन्तन मनन र अध्ययन गर्ने भन्दा हल्लाको भरमा अध्यात्मवाद वा भौतिकवादलाई अंंगाल्नेको संंख्या अधिक छ। यसो हुनु स्वभाबिक पनि हो, किनकी कुनैपनि कुराको गहिराइमा ज्यादै न्यून मानिसहरु मात्र पुग्न सक्छन्।
कतिपय ब्यक्ति आफू भौतिकवादी हुँ भनी गर्व गर्दछन्। उनीहरुलाई आध्यात्मिक चिन्तनको सानातिना नकारात्मक पक्षको राम्रै ज्ञान छ। यसैले यसको खोइरो उतार्छन्। उनीहरु ईश्वर भगवान र मन्दिर आदि अनावश्यक चिज मान्छन्।
तर उनीहरुले आफ्ना परिवारका सदस्यहरुलाई पनि यसमा कन्भिन्स गराउन भने सकेका हुँदैनन्। उनीहरु डाक्टर, इन्जिनियर र बैज्ञानिकलाई भौतिकवादका गुरु मान्छन्।
बिरामी बचाउन लाख कोशिस गर्दा पनि जब बिरामीको अवस्था अन्तिम हुन्छ अनि डाक्टरले पनि भगवान भरोसा भनेको देख्दा उनीहरु छक्क पर्छन्। बैज्ञानिक स्वयंं चर्चमा पुगेको देखेपछि ती दंंग पर्छन्। यसैले गहिराईमा पुग्नु र वmुनैपनि वmुराको देखासिकी गर्नुमा फरक छ।
विश्वमा बिकसित अनेक सभ्यतालाई नियाल्दै जाँदा दक्षिण एसियामा बिकास भएको हिन्दु सभ्यता एउटा पुरातन सभ्यता हो भन्न सकिन्छ। सिन्धु नदी भारतीय उपमाहाद्वीपको उत्तर पश्चिम भागमा हिन्दकुश पर्वत श्रृङ्गखलाको फेदीमा पर्छ।
सिन्धु नदीको किनारमा बिकसित सभ्यता नै हिन्दु सभ्यता हो। हिन्दु धर्म र आस्थाको बिकास पनि यहीँबाट भएको भन्ने छ। यो करिब ५००० बर्ष पहिलेको कुरा हो। हिन्दु सभ्यता र संंस्कृत भाषा नै विश्वको सबै सभ्यताहरुको जननी हो भन्ने कुरा बिस्तारै सबैले मनन गर्दै गएको बुझिन्छ।
यसमा चिकित्सा बिज्ञान, आयुर्वेद, प्राकृतिक चिकित्सा पद्धती, योग बिज्ञान, ज्योतिष शास्त्र वास्तु शास्त्र शिष्टाचारका विधि, नैतिक शिक्षा, तान्त्रिक विद्या जस्ता अनेक जीवन प्रणाली र सामाजिक जीवनसँग सम्बन्धित बिषयका शिक्षाहरु थिए।
केही बर्ष पहिले नेपालको टेलिभिजनले प्रशार गरे अनुसार हिन्दू पूर्व सभ्यताका पौराणिक ग्रन्थहरु लण्डनमा १०६ बाक्सा संंकलन गरेर राखिएको छ भनिएको थियो। सोको अध्ययन अनुसन्धानमा धेरै बैज्ञानिकहरु खटाइएको कुरा सुन्नमा आएको हो।
यसमध्य एकजना नेपाली बैज्ञानिक पनि रहेको कुरा पनि सुचित गरिएको थियो। यस्ता ग्रन्थहरु सबै उनीहरुले हाम्रो यतैबाट लगेका हुन्। उनीहरुले यसको महत्व देखे। यी सबै कवाडी बस्तु भए उनीहरुले यति महत्व दिने थिएनन् भन्ने हामीले बुझ्नु आवश्यक छ।
हिन्दु सभ्यताको बारेमा यसको दार्शनिक अध्ययन गर्दै गर्नुभएका तार्किक ब्यबहारिक र दार्शनिक ब्यक्तित्व एबिन्द्र न्यौपानेका अनुसार उहाँ सन १९८६ मा लाङटाङ जाने क्रममा, “इजराइल, डेनमार्क, क्यानेडियन, जापनिज र स्विडेनका पर्यटकहरुसँग बिभिन्न देशको बिकास र सभ्यताको बारेमा कुरा गर्दै गर्दा स्पेनकी एक जना आठ भाषाका बिशेषज्ञ महिलाले उनीहरुको देशमा संंस्कृत भाषा पनि पढेको कुरा गरिन्।”
तपाईं कुन भाषाको बिषेषज्ञ भनि उहाँले प्रश्न गर्दा, “६ वटा अन्तर्राष्ट्रिय भाषा तथा स्पेन भाषा र ल्याटिन भाषामा बिशेषज्ञता हासिल गरेको उत्तर दिइन्।” ल्याटिन भाषा कुन देशको भाषा हो? भन्ने प्रश्नमा, “बोलिने कि मृत भाषा” भनि प्रश्न गरेकी थिइन्।
मृत भाषा भनेको के हो भन्ने प्रश्नमा उत्तर यस्तो थियो, “बिभिन्न कालखण्डहरुमा बिभिन्न देशहरुको बिकास हुँदै र ध्वस्त हुँदै जाने क्रममा पहिला बिकास भएका भाषा संंस्कृति र सभ्यताले निरन्तरता पाउन नसकी केही शताब्दीसम्म रोकिनाले त्यसको ठाउँमा नयाँ भाषा संस्कृतिको बिकास भै पहिलाको भाषा बोलीचालीमा नआई पौराणिक पुस्तकहरुमा मात्र पाइन्छ। यसैलाई मृत भाषा भनिन्छ। जस्तो हिन्दुस्तानको संस्कृत भाषा, ग्रीकको ग्रीक भाषा, इटालीको ल्याटिन भाषा मृत भाषा हो।”
सबैभन्दा पहिले बिकास भएको सभ्यता हिन्दु सभ्यता नै हो। थोरै शब्दमा धेरै अवधारणा बोक्ने भाषा पनि संस्कृत नै हो। बैज्ञानिकहरुका अनुसार अन्तरिक्ष यात्रीलाई पृथ्वीबाट सूचना प्रवाह गर्ने क्रममा कुनै पनि भाषामा सूचना पठाउँदा प्रष्ट बुझ्ने गरी नपुगेको तर संस्कृत भाषामा पठाउँदा हुवहु सूचना पुगेको परीक्षणबाट साबित भएको भन्नेछ।
महाभारतको युद्धमा पहिलो र दोश्रो बिश्व युद्धमा प्रयोग भएको घातक हतियार भन्दा पनि बिषालु हतियार प्रयोग भएको थियो। यसबाट त्यसबेलाको प्रबिधी र भौतिक संंरचनाहरु पूरै ध्वस्त भयो।
यस युद्धमा बिद्वान, दार्शनिक, साहित्यकार, राजनीतिक नेता र प्राबिधिकहरु समेत सबै सक्किए। हडप्पा र मोहनजोदाडोको जुन कुरा आएको छ, मोहनजोदडो भनेको मृत्युको थुप्रो भन्ने अर्थ लाग्छ। यो सिन्ध भाषाबाट आएको शब्द हो।
जसबाट यस सभ्यता कहिलेइ उठ्न नसक्नेगरी थला पर्यो भन्ने भनाइ पश्चिमका मानव शास्त्री र पत्रपत्रिकाबाट पनि पढ्न पाइन्छ। यसको केही शताब्दीपछि हिन्दु मुसलमान युद्धमा बचेखुचेका सबै सभ्यताको ध्वंस र अन्त्य भएको थियो।
माहाभारत युद्धमा बिषालु अस्त्रको कारण माटोमा असर परेकाले बनस्पतिमा उत्पादन कम भयो। मानव र पशुपंक्षी पनि कमजोर प्रकृतिका भए। जसबाट पूर्वीय यानी हिन्दु सभ्यतामा ह्रास आई गरिबीबाट गुज्रिनु पर्यो। यसैले हामी धनी पुर्खाका गरिव सन्तान हौं भने पश्चिमाहरु गरिव पुर्खाका धनी सन्तानहरु हुन्।
बिश्वका सभ्यताहरु पनि घुमिरहन्छन् भन्ने पनि एकाथरीको मत छ। अहिले पश्चिमका युरोप अमेरिका मात्र हैन, चिनियाँहरु अझ सम्बृद्ध बनिसकेका छन्। आणबिक बम र घातक हतियारको पनि बिश्वमा त्यतिकै बिकास भैरहेको छ। केजानी पुनः वmुनै सभ्यता यसैगरी नष्ट हुन्छ की भन्ने प्रश्न पनि बार बार उब्जीरहन्छ।
पश्चिमा सभ्यताले बिकास गरेको भित्ते पात्रोमा ३६५ दिन र केही घण्टा बराबरको एक बर्ष हुन्छ। यसरी बढ्न गएको घण्टालाई मिलाएर हरेक चार बर्षमा ३६६ दिन बराबरको एक बर्ष हुन्छ। तर हिन्दुले तयार पारेको पात्रोमा ३६० दिन बराबर एक बर्ष हुन्छ।
यसमा मलमास र क्षयमास पनि समाबेस हुनेगर्छ। ज्योतिष शास्त्रमा आधारित यस्तो पात्रोमा घडी पोला समेत समाबेस हुन्छ। औंसी पूर्णिमा हरेक किसिमका चाडपर्व र तिथीहरुको घडबड, चन्द्र ग्रहण, सूर्य ग्रहण, खग्रास वा खण्डग्रास ठयाक्कै मिल्छ।
हिन्दुहरुको पात्रो पृथ्बीलाई चन्द्रमाले घुम्ने गतीको आधारमा तयार पारेको छ भने पश्चिमाहरुले तयार पारेको पात्रो सूर्यलाई पृथ्वीले घुम्ने गतीको आधारमा तयार पारेको हो। हिन्दुहरुले तयार पारेको पात्रो बढ्ता एकुरेट भएको तथ्य माथिको उदाहरणबाट बुझ्न सकिन्छ।
बेदमा एटोमिक फिजिक्स, बोटानी, जेनेटिक इन्जिनियरिङ, जुलोजी र बायो केमेष्ट्री जस्ता बिषय पनि थिए भन्ने छ। तर यस बाहेक कर्मकाण्डी र पुर्खाले कुन सन्दर्भमा के चलन चलाएका थिए त्यसको हुबहु नक्कल गर्ने चलन मात्र बढेकाले हिन्दु संंस्कार र सभ्यताको बदनाम भैरहेको छ। संस्कृत भाषालाई बाउनले बोल्ने भाषा भनेर खिसी टेउरी गरिन्छ।
गहिराइमा नपुगेर नक्कल मात्र गर्ने प्रबृतिले हामीलाई यहाँ सम्म पुर्याएको हो। पश्चिमाहरुको नक्कल पनि हामी आजकल यसरी नै गरिरहेका छौं। एकाथरी हरिप पश्चिमेलीहरु हाम्रो जाति, भाषा भाषीहरुलाई उचाली साम्प्रदायिक यूद्ध भडकाउन चाहन्छन्।
अर्का खुराफाती एकदुईजना नेपाली नेता संसदमा मध्य रातमा संंबिधानमा धर्मनिरपेक्ष राख्न सफल हुन्छन्। नबुझी ताली ठोक्ने जमात सर्बसाधारण मात्र छैनन् त्यो त नेपालको संंसदमा पनि देखियो। स्वयं दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले पनि त्यो कुरा पछि मात्र थाहा पाए। धर्मनिरपेक्षता सम्बन्धमा उनले पपिछ गरेको टिप्पणीले यो कुराको जानकारी हुन आयो।
Facebook Comment