सुनको मूल्य बढ्यो

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य आज बढेको छ।
हिजो तोलामा एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment