सरकारमा जान बार्गेनिङ गरेका छैनौं : उपेन्द्र यादव
![सरकारमा जान बार्गेनिङ गरेका छैनौं : उपेन्द्र यादव](https://www.dcnepal.com/wp-content/uploads/2024/06/Upendra_3.jpg.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जान कुनै बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले पार्टी सरकारमा जाने अवस्थामा नरहेको प्रष्ट पारे।
उनले पार्टी सरकारमा जाने अवस्था नरहेकाले बार्गेनिङ नगरेको बताएका हुन्। पार्टी र आफूविरुद्ध नियोजितरुपमा चलाइएको भ्रममा कुनै सत्यता नरहेको उनको जिकिर छ।
सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा आउने वित्तिकै आवश्यक निर्णय लिइनेसमेत उनले प्रष्ट पारेका छन्।
अध्यादेशका बारेमा पार्टी अध्ययनकै क्रममा रहेको र आफ्नो पार्टीका कारण अध्यादेश नअड्किएको उनले बताए।
अध्यादेश पारित गराउन प्रतिनिधिसभामा सत्तारुढ कांग्रेस र एमालेसँग स्पष्ट बहुमत छ भने राष्ट्रियसभामा बहुमत पुर्याउन जसपा नेपालको साथ आवश्यक छ।
Facebook Comment