माओवादीद्वारा सात प्रदेश र ७७ जिल्ला इन्चार्जलाई जिम्मेवारी तोकियो

डिसी नेपाल
२७ माघ २०८१ २०:२९

काठमाडौं । नेकपा माओवादी केन्द्रले सात प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी तोकेको छ ।

गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले गरेको निर्णय आज परिपत्रमार्फत नेता कार्यकर्तालाई पठाइएको हो।

जसमा पार्टीका केन्द्रीय विभाग, वर्गीय संगठन, केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला लगायतको कार्यविभाजन गरिएको छ।

महासचिव देव गुरुङले पठाएको परिपत्रमा संगठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ। आर्थिक उत्पादन संयन्त्रको इन्चार्जमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई जिम्मेवारी तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *