वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने २३ वर्षीया युवती पक्राउ
![वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने २३ वर्षीया युवती पक्राउ](https://www.dcnepal.com/wp-content/uploads/2025/02/2121221.jpg)
नेपालगन्ज । जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बाँकेको बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको छ।
विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १४/१५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको भन्दै परेको उजुरीलाई आधार मानेर प्रहरीले तिर्सनालाई पक्राउ गरेको हो।
बाँके प्रहरी प्रवक्ता डीएसपी आयुश जोशीले वैदेशिक रोजगार विभागमा उजुरी परेको र पक्राउ आदेश आएकाले तिर्सनालाई पक्राउ गरिएको जानकारी दिए।
उनले जापानमा वर्किङ भिसामा पठाइदिने भन्दै रकम असुलेको आरोप रहेको छ।
प्रतिक्रिया
Facebook Comment