बूढानीलकण्ठको एक घरबाट केही व्यक्ति प्रहरी नियन्त्रणमा

डिसी नेपाल
२७ माघ २०८१ २१:२८

काठमाडौं । बूढानीलकण्ठको एक घरबाट प्रहरीले छापा मारेर केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उक्त घरमा अवैध अनलाइन जुवा, सट्टेबाजी अनलाइन ठगी, क्रिप्टो करेन्सीलगायतको कारोबार भइरहेको सूचनाका आधारमा केही व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले त्यहाँबाट ल्यापटप, कम्प्युटरलगायतका डिभाइस बरामद गरेको छ।

अहिले अपरेशनको काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *