एकता पौडेल निर्देशित ‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी
![एकता पौडेल निर्देशित ‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी](https://www.dcnepal.com/wp-content/uploads/2025/02/Aanchal.jpeg)
काठमाडाैं। अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ सिनेमा बन्ने भएको छ। सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन ।
ई प्राइम मुभिजको ब्यानरमा बन्ने सिनेमामा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन्। उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ।
सिनेमालाई प्रशन्न पौडेल र विकास पौडेल (चितवन)ले निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन्।
आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन्।
को हुन् नव निर्देशक एकता पौडेल ?
एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन् ।
आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा सिनेमाहरु बनाएकी छन् ।
Facebook Comment